Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप २०२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

थप २०२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

  • आइतवार, भाद्र १२ २०७९

  • 585
    SHARES

  • थप २०२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको परीक्षणमा २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जना र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो।

    पछिल्लो २४ घण्टामा ४६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ पुगेको छ ।  जसमध्ये ३ हजार १५१ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् । यस्तै १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    आइतबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार २०४ पुगेको छ ।


    आइतवार, भाद्र १२ २०७९०५:४६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij