Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सञ्चारसम्बन्धी कानुनहरू टुंगोमा पुर्‍याउन सरकार सकारात्मक रहेको प्रधानमन्त्री देउवाको भनाई

सञ्चारसम्बन्धी कानुनहरू टुंगोमा पुर्‍याउन सरकार सकारात्मक रहेको प्रधानमन्त्री देउवाको भनाई

  • मंगलवार, भाद्र १४ २०७९

  • 495
    SHARES

  • सञ्चारसम्बन्धी कानुनहरू टुंगोमा पुर्‍याउन सरकार सकारात्मक रहेको प्रधानमन्त्री देउवाको भनाई

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालु अधिवेशनमा नै टुंगोमा पुर्‍याउन सरकारले पहल गर्ने बताउनुभएको छ ।

    मंगलबार (आज) नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले मिडिया काउन्सिल विधेयकसहित विचाराधीन अवस्थामा रहेका विधेयकहरुलाई टुंगोमा पुर्‍याउन सरकारले पहल गर्ने बताउनुभएको हो ।

    प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा समेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुंगोमा पुग्न नसकेको भन्दै महासंघका पदाधिकारीहरूले प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

    महासंघका अध्यक्ष विपुल पोखरेलसहित पदाधिकारीसँगको भेटपछि प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पुर्‍याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई फोनमार्फत निर्देशन दिनुभएको थियो ।

    महासंघका अध्यक्ष पोखरेलले प्रधानमन्त्रीसँगको भेटमा मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालू अधिवेशनमा नै टुंगोमा पुर्‍याउन पहल गर्न आग्रह गरिएको र सकारात्मक प्रतिक्रिया पाएको बताउनुभएको छ ।

     


    मंगलवार, भाद्र १४ २०७९०२:२७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij