Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य फेरि बढ्यो

सुनको मुल्य फेरि बढ्यो

  • आइतवार, भाद्र १४ २०७७

  • 1.5K
    SHARES

  • सुनको मुल्य फेरि बढ्यो

    काठमाडौं । निरन्तर ओरालो लागेको सुनको मुल्य आइतबार समान्य बढेको छ । गत साताको अन्तिम दिन शुक्रबार घटेको सुनको आज (आइतबार) भने तोलामा ३ सय रुपैयाँले बढेको हो ।

    शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आजका लागि तोलाको ९७ हजार २ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुनको भाउ पनि बढेर ९६ हजार ७ सय पुगेको छ । शुक्रबार तोलाको ९६ हजार ४ सय तोकिएको थियो ।
    महासंघका अनुसार आज चाँदीको भाउ भने तोलाको १३४० मा स्थिर रहेको छ।


    आइतवार, भाद्र १४ २०७७०१:५९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij