Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

डोटीबाट भरतबहादुर खड्का सिफारिस

डोटीबाट भरतबहादुर खड्का सिफारिस

  • बिहिवार, भाद्र १६ २०७९

  • 3.8K
    SHARES

  • डोटीबाट भरतबहादुर खड्का सिफारिस

    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता, संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सांसद भरत बहादुर खड्का डोटीबाट आगामी मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवार सिफारिस हुनुभएको छ ।

    उहाँलाई प्रतिनिधि सभातर्फ सिफारिस गरिएको हो ।

    एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटी जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्य समितिको आज बसेको बैठकले खड्कासहित वीरबहादुर बलायर, भक्तबहादुर बलायर, आनन्द विष्ट, यज्ञराज पाठक, पुष्पकुमार शाही, जितेन्द्र शाह, हर्क देउवा र टेकराज ओझालाई प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस गरेको हो ।

    यो क्षेत्रबाट २०७४ मा तत्कालीन नेकपा एमालेका प्रेमबहादुर आले निर्वाचित हुनुभएको थियो । आले अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

    दुई पटक जिल्ला विकास समितिका सभापति र एकपटक उपसभापति हुँदै संविधानसभा सदस्य समेत भइसकेका खड्का हाल प्रदेशसभा सदस्य पनि हुनुहुन्छ । उहाँ डोटीले जनता माझ निकै लोकप्रिय तथा प्रभावशाली मानिनुहुन्छ ।

    लामो समय कांग्रेसको राजनीतिमा सक्रिय खड्का यसपाली प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका बलियो दाबेदार हुनुहुन्छ । शालीन र भद्र स्वभावका खड्कालाई डोटेली जनताले पटकपटक निर्वाचित गरेका छन् । विकासको काममा सधैँ अग्रसर रहने खड्काले केन्द्रमा निर्वाचित भइ डोटी जिल्लाको विकासका निम्ति थप आयाम ल्याउने योजना बनाउनुभएको छ ।

    कांग्रेसको गढ मानिएको डोटीमा पार्टी बलियो बनाउन खड्काले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । सधैँ जिल्ला र जनताको नजिक भएर काम गर्ने खड्काको नेतृत्वशैलीलाई डोटेली जनताले रुचाएका छन् ।

    ठाउँ, भेक, परिस्थितिमा भिज्न सक्ने खड्काले पार्टी छुट्याएर कसैलाई काखापाखा गर्नुभएन । सधैँ जनताको सेवामा तल्लीन खड्कालाई हरेक पार्टीका नेताले सम्मान गर्ने गरेका छन् । यसपालीको प्रतिनिधिसभा निर्वाचनमा उहाँको उम्मेदवारी लगभग पक्काजस्तै बनेको छ ।

     

     


    बिहिवार, भाद्र १६ २०७९०४:१०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij