काठमाडौँ – टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ।
नेपालीहरुले पनि अत्यधिक मात्रामा टिकटकको प्रयोग गरिरहेका छन् जहाँ भिडियो कन्टेन्टहरु बनाउन र सामाजिक संजालहरुमा शेयर गर्न सकिन्छ।
हालै नेपालमा इन्टरनेट प्रयोगकर्ताहरुले टिकटकको प्रयोग २५ प्रतिशत भन्दा धेरै बढेसँगै जुलाईको अन्त्यदेखि समस्याहरु भोगिरहेको भन्दै जानकारीहरु बाहिर आएका छन्।
अन्य इन्टरनेट सेवा प्रदायकहरुका प्रयोगकर्ताहरुले टिकटकमा समस्या भोगिरहेको भएपनि क्लासिक टेकका प्रयोगकर्ताहरुले भने ढुक्कले टिकटक चलाइरहेका छन्।
उत्कृष्ट इन्टरनेट सेवा प्रदान गरिरहेको क्लासिक टेकले ग्राहकहरुको मागअनुसार आफ्नो प्राविधिक क्षमतालाई चुस्त र दुरुस्त राख्दै आएको छ।
सामान्य अवधिमा होस वा इन्टरनेट प्रयोगको पिक आवरमा क्लासिक टेकका ग्राहकहरुले सहजरुपमा नै टिकटक सेवा चलाइरहेका छन्। जहाँ हाम्रा ग्राहकहरुले कुनै समस्या भोगेका छैनन्।
यसको लागि कम्पनीले आकामाईको सर्भरबाट टिकटक कन्टेन्ट ब्याण्डविथ व्यवस्थापन गरिरहेको छ भने अन्तिम प्रयोगकर्ताहरुलाई सहजरुपमा सेवा दिईरहेको छ। कम्पनीसँग अहिले भइरहेको ग्राहक भन्दा दोब्बर ग्राहकहरुको ट्राफिक धान्ने सर्भर रहेको छ।
यस बाहेक कम्पनीसँग उच्च क्षमताका १२ वटा आकामाई लगायतका सर्भरहरु यसै साताभित्रै कम्पनीमा आईपुग्नेछन्।
‘हाम्रा ग्राहकहरुले टिकटक चलाउन पहिले पनि कुनै समस्या थिएन् र अहिलेपनि कुनै समस्या छैन्, यसको लागि हाम्रो प्राविधिक टिम २४ सै घण्टा खटिएको छ। हामी हाम्रा सेवाग्राहीहरुलाई ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न अनुरोध गर्दछौँ,’ क्लासिक टेकले भनेको छ।
कम्पनीले आफ्नो इन्टरनेट सेवा बारेमा कुनै गुनासो वा समस्या भएमा तत्काल सम्पर्क गर्न सकिने र समस्याको समाधान गरिने समेत जनाएको छ।