Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचनको तयारीमा जुट्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

निर्वाचनको तयारीमा जुट्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

  • आइतवार, भाद्र १९ २०७९

  • 551
    SHARES

  • निर्वाचनको तयारीमा जुट्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरि निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।

    नेपाल निजामती कर्मचारी युनियनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिदै गएको अवस्थामा यसको तयारीका लागि सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गर्नुभएको हो ।

    उहाँले कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिटै संघीय निजामती ऐन ल्याउने प्रतिवद्धता जनाउनुभयो । ऐनको सन्दर्भमा आएका सुझावहरुका बारेमा आफू जानकार रहेको भन्दै उहाँले ऐन अघि बढाउँदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अवलम्वन गरिने धारणा राख्नुभयो।

    उहाँले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताउनुभएको छ।

    त्यस्तै, कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनीय दस्तावेज भएको भन्दै कर्मचारीको जायज मागलाई सम्बोधन हुने गरि ऐनलाई अन्तिम रुप दिनुपर्ने बताउनुभएको छ।

    कार्यक्रममा कर्मचारीहरुले आफूहरुको वृत्तिविकासका लागि अन्य विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए ।


    आइतवार, भाद्र १९ २०७९०२:११:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij