Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लकडाउनको जटिलताकाबीच पनि पुनर्निर्माण सन्तोषजनक : ज्ञवाली

लकडाउनको जटिलताकाबीच पनि पुनर्निर्माण सन्तोषजनक : ज्ञवाली

  • सोमवार, भाद्र १५ २०७७

  • 1.0K
    SHARES

  • लकडाउनको जटिलताकाबीच पनि पुनर्निर्माण सन्तोषजनक : ज्ञवाली

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीले लकडाउनको जटिलताका बीच पनि पुनर्निमार्णको काम जारी रहेको र अहिलेसम्म समग्र काामको ९० प्रतिशत प्रगती हासिल भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटकर्कको कार्यक्रम अर्थ सम्वादमा पत्रकार टि.पी. भुसालसँग कुरा गर्दै ज्ञवालीले प्राधिकरणको स्वास्थ्य र सुरक्षा प्राटोकललाई ध्यान दिँदै पुनर्निर्माण काय जारी राखिएकोले सन्तोषजनक रुपमा नै काम भइरहेको बताउनुभयो ।

    लाभग्राहीको तेस्रो किस्ता वितरण, वस्ति स्थानान्तरण, तथा भूमिहीनको लागि जग्गा व्यवस्थापन जस्ता महत्वपूर्ण काम यो समयसम्म सकिएको र बाँकी कामलाई पनि समयमै सम्पन्न गर्ने तर्फ प्राधिकरण क्रियाशील रहको उहाँले बताउनुभयो ।

    यस्तै निजी आवास पुनर्निर्माण प्रभावकारी रूपमा अघि बढेको, रेट्रोफिटिङ प्रविधिबाट पुराना संरचना सुरक्षित बनाउन सकिएको, ऐतिहासिक महत्त्वका सम्पदाको पुनर्निर्माणमा पुर्खाले गरेका कामलाई मौलिक रूपमा पुनर्जागरण गरी ज्ञान र शीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरी प्राधिकरणले काम गरिरहेको ज्ञवालीले जानकारी दिनुभयो ।

    सरकारले चालु आवका ५५ अर्ब रकम छुट्याएको भएपनि समग्र काम सम्पनन गर्न रकमअभाव हुनसक्ने ज्ञवालीले बताउनुभयो । यस्तै ज्ञवालीले प्राधिकरणले हालै मात्र परिसंवाद कार्यक्रम सम्पन्न गरेको जानकारी दिँदै त्यहाँ प्रस्तुत गरिएका अनुसन्धानबाट प्राप्त नयाँ तथ्य र ज्ञानले विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनामा विश्वमै नयाँ आयाम थप्न सहयोग पुग्ने बताउनु भयो ।

    सिईओ ज्ञवालीसँग गरिएको कुराकानी तलको लिंकमा सुन्न सकिनेछ ।


    सोमवार, भाद्र १५ २०७७०१:२५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij