Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार एलिजा उप्रेतीलाई

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार एलिजा उप्रेतीलाई

  • सोमवार, भाद्र १५ २०७७

  • 2.1K
    SHARES

  • डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार एलिजा उप्रेतीलाई

    काठमाडौं । लघुवित्तका पिता भनेर परिचित स्व. डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार एलिजा उप्रेतीलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फान्डेशनद्धारा स्थापित उक्त पुरस्कार डा. पन्तको पाँचौ वार्षिक पुण्य स्मृति दिवस पारेर भदौ २१ गते पत्रकार उप्रेतीलाई प्रदान गरिने निर्धनउत्थान लघुबित्त बित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनार्दनदेव पन्तले जानकारी दिनुभयो ।
     
    रातोपाटी डट कमकी वरिष्ठ व्यापार संवाददाता रहनुभएकी उप्रेतीले विगत एक दशकदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आउनु भएको छ ।

    उहाँलाई ०७७ को डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँसहित सम्मान—पत्र प्रदान गर्ने निर्णय गरिएको हो ।

    डा. हरिहरदेव पन्त फाउन्डेशनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकार वा संघ–सस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमश : नेपाल आर्थिक पत्रकार संघ (सेजन), कान्तिपुर दैनिकका गोकर्ण अवस्थी र नागरिक दैनिकका विष्णु बेल्वासेलाई प्रदान गरिएको थियो ।

    डा. पन्त देशको आर्थिक विकास र गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक हुनुहुन्थ्यो ।

     

     


    सोमवार, भाद्र १५ २०७७०४:०६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij