काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कुनै पनि हालतमा गठबन्धन नतोडिने बताउनु भएको छ। कांग्रेसले गठबन्धन तोड्दा अर्को गठबन्धन हुने उहाँको भनाइ छ।
कांग्रेस भातृसंस्था तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको बताउनुभयो।
’गठबन्धनकै आडमा हामीले स्थानीय तह निर्वाचनमा राम्रो ग¥यौं। पहिलो पार्टी बन्यौं। त्यसैले गठबन्धनको क्षमता निबिर्सौं। खोला तरेर लौरो नबिर्सिउँ,’ उहाँको भनाई छ ।
तरुण दलका पदाधिकारीहरुले मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने बताएका थिए। उनीहरुले कांग्रेस एक्लै लडेर पनि बहुमत ल्याउने दाबी गरेपछि गृहमन्त्री खाँणले उनीहरुलाई जवाफ फर्काउनु भएको हो ।