Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियोः कमल थापा

चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियोः कमल थापा

  • शनिवार, भाद्र २५ २०७९

  • 780
    SHARES

  • चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियोः कमल थापा

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिम्पियाधुरा समेटिएको नेपालको चुच्चे नक्सा बनाएको कारणले नै केपी ओली नेतृत्वको सरकार ढलेको आरोप लगाउनुभएको छ । शनिवार राप्रपा नेपाल मकवानपुरमा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले चुच्चे नक्सा निकालिएका कारण गठबन्धन निर्माण भएको बताउनुभयो।

    उहाँले गठबन्धनको राजनीतिको बुई चढेर आएको विदेशी प्रभावले नेपालको राष्ट्रवादी शक्तिलाई कमजोर बनाएको आरोप लगाउनुभयो।

    ‘केपी ओलीले लिम्पियाधुरासमेत समेटिएको नेपालको चुच्चे नक्सा बनाएको कारणले गर्दाखेरी ओलीको सरकार ढालियो। र, अहिले चुनावमा केपी ओली र एमालेलाई कुनै हालतमा पनि फेरि उठ्न दिनुहुँदैन भनेर यो गठबन्धन निर्माण गर्ने काममा विदेशी शक्तिको हात छ’, उनले भन, ‘विदेशीहरुले योजनाबद्ध रुपमा नेपालमा राष्ट्रवादी शक्ति बलियो नहोस् भनेर भ्रष्ट पार्टीहरुलाई एकठाउँमा ल्याउन सक्यो भने भोलि आफ्नो भन्या अनुसारको काम गराउन सकिन्छ भनेर बाह्य शक्तिहरुले फरक-फरक विचार भएका दलहरुलाई एक ठाउँमा राख्ने काम गरिराखेको छ।’

    अध्यक्ष थापाले आफूले नाकाबन्दीको विरुद्धमा कुनै सम्झौता नगरेर भारतसँग वार्ता गरेको कारणले आफूले नेतृत्व गरेको पार्टीलाई तहसनहस गरेको समेत बताउनुभएको छ। उहाँले सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई एकजुट बनाउन अग्रसर रहन एमालेलाई आग्रह समेत गर्नुभयो।


    शनिवार, भाद्र २५ २०७९०५:१४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij