Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डेंगुबाट बच्न कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको यस्तो अनुरोध

डेंगुबाट बच्न कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको यस्तो अनुरोध

  • सोमवार, भाद्र २७ २०७९

  • 470
    SHARES

  • डेंगुबाट बच्न कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको यस्तो अनुरोध

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमणको जोखिम कम गर्न कर्मचारीलाई विशेष अनुरोध गरेको छ।

    मन्त्रालयका सह-प्रवक्ता डा समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन अनुरोध गरिएको छ।

    प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने भएकोले यसको टोकाईबाट बच्नु नै उत्तम उपाय हुने मन्त्रालयले जनाएको छ।

    डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ुखोज र नष्ट गरु अभियानलाई तिब्र बनाइएको भन्दै मन्त्रालयले डेंगु रोगको बारेमा सन्देशमुलक सूचना सामाग्रीको प्रकाशन र प्रसारण भइरहेको र डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु गरिएको जनाएको छ।

    letter.jpg


    सोमवार, भाद्र २७ २०७९०१:२६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij