Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा गठबन्धनका नेता ७ घण्टादेखि छलफलमा, सीट बाँडफाँट टुंग्याउन सकस

बालुवाटारमा गठबन्धनका नेता ७ घण्टादेखि छलफलमा, सीट बाँडफाँट टुंग्याउन सकस

  • सोमवार, भाद्र २७ २०७९

  • 526
    SHARES

  • बालुवाटारमा गठबन्धनका नेता ७ घण्टादेखि छलफलमा, सीट बाँडफाँट टुंग्याउन सकस

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरू बैठक खाना, खाजापछि पनि चलिरहेको छ ।

    प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सीट बाँडफाँटको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजमो उपाध्यक्ष दुर्गा पौडेलका साथै सिट बाँडफाँटसम्बन्धी कार्यदलका सदस्यहरू सहभागी छन् ।

    कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको थियो । ९० सीटमा सहमति भएपनि दोहोरो(तेहेरो दाबी भएका बाँकी ७५ सीट भागबण्डा लगाउन नेताहरू सकसमा छन् ।

    कांग्रेसमा एक सय सिटभन्दा तल नझर्न शेखर कोइराला पक्षको चर्को दबाब छ । माओवादीले ६० र एकीकृत समाजवादीले ४० सिटमा दाबी गरेका छन् । जसपाले ३२ सिट पाउनुपर्ने अडान राखेको छ ।


    सोमवार, भाद्र २७ २०७९०४:४८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij