Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चिनियाँ जनकंग्रेसका अध्यक्षले भेटे ओली र प्रचण्ड

चिनियाँ जनकंग्रेसका अध्यक्षले भेटे ओली र प्रचण्ड

  • मंगलवार, भाद्र २८ २०७९

  • 565
    SHARES

  • चिनियाँ जनकंग्रेसका अध्यक्षले भेटे ओली र प्रचण्ड

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जन कंग्रेसका अध्यक्ष ली चान्सुले पुर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

    एमाले अध्यक्षसमेत रहनुभएका ओली र माओवादी अध्यक्ष प्रचण्डलाई चान्सुले नयाँबानेश्वरस्थित संसद भवनमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो ।

    चार दिने भ्रमणका लागि सोमबार नेपाल आउनुभएका चान्सुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई सोही दिन भेट्नुभएको थियो। आज बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई भेटेपछि पुर्व प्रधानमन्त्रीद्वयलाई भेट्नुभएको हो ।

    सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आउनुभएका चान्सुको टोलीले आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यसूची रहेको छ ।


    मंगलवार, भाद्र २८ २०७९१२:४५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij