Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

होम डेलिभरी सेवा आजदेखि पुनः सुरु, अत्यावश्यक वस्तुहरुको मात्रै डेलिभरी हुने

होम डेलिभरी सेवा आजदेखि पुनः सुरु, अत्यावश्यक वस्तुहरुको मात्रै डेलिभरी हुने

  • मंगलवार, भाद्र १६ २०७७

  • 1.1K
    SHARES

  • होम डेलिभरी सेवा आजदेखि पुनः सुरु, अत्यावश्यक वस्तुहरुको मात्रै डेलिभरी हुने

    काठमाडौं । ईकमर्स सेवा प्रदायकहरुले अत्यावश्यक वस्तुहरुको होम डेलिभरी आजदेखि शुरु गरेका छन् । ईकमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक वस्तुहरुको होम डेलिभरी सेवा आजदेखि सुरु हुने जानकारी दिएको हो ।

    निषेधाज्ञाको लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको बुँदा ६ मा अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्गत औषधि, खाद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दूध तथा दूग्धजन्यपदार्थ साथै दूग्धजन्य पदार्थ प्याकेजिङका सामग्रीहरुको व्यवसाय संचालन गर्न रोक नरहेको तर्फ ध्यानाकर्षण गराउँदै आफूहरुको व्यवसाय रोक्न नमिल्ने होम डेलिभरी तथा ई(कमर्स सञ्चालक फोरमको भनाइ छ ।

    सरकारले तोकेको मापदण्डलाई पालना गरी होम डेलिभरी गर्ने कार्यलाई आजैदेखि सुरु गर्ने उनीहरुले निर्णय गरेका छन् । महामारीको अवस्थामा ई(कमर्स तथा अनलाइन डेलिभरीमार्फत दिइने सेवा झनै सुरक्षित हुने र सस्तो पर्ने ई कमर्स सञ्चालकहरुको दाबी छ ।

    यसअघि प्रहरीले होम डेलिभरी गरिरहेका ईकमर्श कम्पनीका सञ्चालक तथा डेलिभरीकर्तालाई नियन्त्रणमा लिएर निषेधाज्ञा अवधिभर सेवा सञ्चालन गर्न नपाउने शर्त सहित छाडेको थियो ।

     


    मंगलवार, भाद्र १६ २०७७०९:१५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij