Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्तागठबन्धनको बैठक बालुवाटारमा, यस्तो छ सहमतिको खाका

सत्तागठबन्धनको बैठक बालुवाटारमा, यस्तो छ सहमतिको खाका

  • मंगलवार, आश्विन ४ २०७९

  • 1.5K
    SHARES

  • सत्तागठबन्धनको बैठक बालुवाटारमा, यस्तो छ सहमतिको खाका

    काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बालुवाटारमा चलिरहेको छ ।

    मंगलबार अपराह्न ४ बजेदेखि कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिनुभयो।

    सिट बाँडफाँटबारे मंगलबार विहान पनि कार्यदलका सदस्यसहित शीर्ष नेताबीच सामान्य छलफल भएको थियो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार अहिले ठोस सहमति जुटाउने प्रयास भइरहेको छ । ५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन ।

    प्रतिनिधि सभाको १६५ सिटमध्ये अधिकांश सहमति जुटेपनि केही निर्वाचन क्षेत्रमा दोहोरो र तेहोरो दावीका कारण सिट बाँडफाँटलाई अन्तिमरुप दिन गठबन्धनलाई सकस परेको छ । दलहरुले सिट भागबण्डा मिलाउँदा प्रतिनिधि र प्रदेश सभा दुवैमा सन्तुलनसहित सहमति गर्ने बताउँदै आएका छन् । तर दलहरुले दावी गरेका क्षेत्र तलमाथि गर्न नेताहरू नमान्दा समस्या भइरहेको छ ।


    मंगलवार, आश्विन ४ २०७९०६:१५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij