Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

टुकुचा खोल्ने बालेनको योजनामा धक्का

टुकुचा खोल्ने बालेनको योजनामा धक्का

  • बिहिवार, आश्विन ६ २०७९

  • 623
    SHARES

  • टुकुचा खोल्ने बालेनको योजनामा धक्का

    काठमाडौं । जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा खोला खोज्ने काठमाडौं महानगरपालिकाको अभियानमा धक्का लागेको छ ।

    खोला मिचेर अनधिकृत संरचना बनाएको भन्दै महानगरले ३० भदौदेखि जय नेपाल हलदेखि कमलादी मोडसम्मको संरचनामा डोजर चलाएको थियो । त्यसक्रममा केही निजी भवनको संरचना समेत फोडिएको छ ।

    यसविरुद्ध सम्बन्धित घरधनीहरु अदालत गएपछि काठमाडौं महानगरपालिकाले जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोला रेखांकन गरिदिन नापी विभागलाई पत्राचार गरेको थियो ।

    विभागले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र खेलेपछि सहसचिव जनकराज जोशीको नेतृत्वमा कार्यदल नै बनेको थियो । कार्यदलले २१ गते मन्त्रालयमा बुझाएको प्रतिवेदनमा २०३२ सालमा तयार भएको नक्सामा नै जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा खोला नभएको उल्लेख छ ।

    अध्ययनका क्रममा फिल्डमा गएर हेर्दा जयनेपाल हलको पारिपट्टी नारायाणहिटी दरबारको पर्खालको १८–२० फिट मुनिबाट टुकुचा गएको छ र कमलादी मोडमा पनि २०र२५ फिट तल निस्किएको छ ।

    मन्त्रालयले नक्सामा नभएकाले देखाउन नसक्ने भनेपछि काठमाडौं महानगरले पहिला नक्सामा देखाइदिन आग्रह गरेको थियो । तर जग्गा नापजाँच ऐनअनुसार जमिनको सतहमा जे छ, त्यसलाई मात्र नक्सामा रुपान्तरण गर्न मिल्छ ।


    बिहिवार, आश्विन ६ २०७९०६:२३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij