Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेस शेखर समूहको भेला जारी, टिकटमा देउवाको एकलौटी रोक्न अभ्यास

नेपाली कांग्रेस शेखर समूहको भेला जारी, टिकटमा देउवाको एकलौटी रोक्न अभ्यास

  • शुक्रवार, आश्विन ७ २०७९

  • 664
    SHARES

  • नेपाली कांग्रेस शेखर समूहको भेला जारी, टिकटमा देउवाको एकलौटी रोक्न अभ्यास

    काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको टिकटमा एकलौटी गर्न खोजेको भन्दै छलफल थालेको छ ।

    समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा संस्थापन पक्षबाट पक्षपाती व्यवहार भएको निष्कर्षसहित सच्याउन दबाब दिन स्वयम्भूको एउटा पार्टी प्यालेसमा कोइराला समूहको भेला चलिरहेको छ ।

    नेता डिल्लीराम सुवेदीका अनुसार बैठकमा कोइराला समूहका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, केही वर्तमान र पूर्व जिल्ला सभापति, भ्रातृ संस्थाका पूर्व पदाधिकारी सहभागी छन् । उहाँले भन्नुभयो, ‘समानुपातिक उम्मेदवारको सूची सच्याउनुपर्छ । प्रत्यक्षमा समानुपातिकका जस्तो व्यवहार स्वीकार्य छैन भनेर खबरदारीसभा गर्दै छौं । आज त्यसैको तयारीका लागि छलफल भइरहेको छ ।’

    भोलि हुने भेला कहाँ गर्ने र को को नेता आउने भन्ने टुंगो लागिनसकेको सुवेदीले बताउनुभयो। संस्थापन पक्षले सम्मानजनक व्यवहार नदेखाए विद्रोहका सबै ढोका खोल्ने तयारीका साथ छलफल सुरु गरिएको उहाँको भनाइ छ ।


    शुक्रवार, आश्विन ७ २०७९०२:१८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij