Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

क्यारेबियन प्रिमियर लिग : सन्दीप लामिछाने आबद्द जमैका पराजित

क्यारेबियन प्रिमियर लिग : सन्दीप लामिछाने आबद्द जमैका पराजित

  • बुधवार, भाद्र १७ २०७७

  • 1.4K
    SHARES

  • क्यारेबियन प्रिमियर लिग : सन्दीप लामिछाने आबद्द जमैका पराजित

    एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी(ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले चौथो हार व्यहोरेको छ ।

    मंगलबार राति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले चौंथो हार व्यहोरेको हो । ब्रायन लारा स्टेडियममा नाइट राइडर्सले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

    जमैकाका आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै ग्लेन फिलिप्सले ४१ रन जोड्दा कार्लोस ब्रेथवेटले अविजित २१ रन जोडे ।

    त्यस्तै एनक्रुमा बोनेरले २६ रन बनाए । नाइट राइडर्सका फावद अमहेदले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

    नाइट राइडर्सका लागि कोलिन मुन्रोले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुनिल नारिनले २९ तथा लेन्डेल सिमोन्सले २५ रन बनाए ।
    टिम सेइफर्टले १८ रन जोड्दा कप्तान केइरन पोलार्डले अविजित ३३ रन बनाए ।

    जमैकाका कार्लोस ब्रेथवेटले २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र फिडेल एडवार्डले एक एक विकेट लिए ।सन्दीपले ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका हुन् । यससँगै सन्दीपले ७ खेलमा १० विकेट लिन सफल भएका छन् ।

    जमैकालाई हराएसँगै नाइट राइडर्सले लगातार सातौं खेलमा जित निकालेको छ । शीर्ष स्थानमा रहेको नाइट राइडर्सले ७ खेलमा १४ अंक जोडेको छ । जमैका ७ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

     


    बुधवार, भाद्र १७ २०७७०६:५८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij