Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा डेंगु संक्रमितको संख्या अहिलेसम्मकै धेरै,  उच्च सावधानी अपनाउन चिकित्सकको सुझाव (खास खबर)

नेपालमा डेंगु संक्रमितको संख्या अहिलेसम्मकै धेरै,  उच्च सावधानी अपनाउन चिकित्सकको सुझाव (खास खबर)

  • मंगलवार, आश्विन ११ २०७९

  • 724
    SHARES

  • नेपालमा डेंगु संक्रमितको संख्या अहिलेसम्मकै धेरै,  उच्च सावधानी अपनाउन चिकित्सकको सुझाव (खास खबर)
    काठमाडौं । डेंगु संक्रमण अहिले उच्च बिन्दुमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  नेपालमा डेंगु संक्रमण विगतका तुलनामा अहिलेसम्मकै धेरै हो । असारको पहिलो सातादेखि सुरु भएको डेंगुबाट मन्त्रालयका अनुसार, अहिलेसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । 
     
    संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । भयावह रूप लिइरहेको डेंगु नियन्त्रणमा आउन अझै दुई महिना लाग्ने प्रक्षेपण छ ।  मन्त्रालयले संक्रमण उच्च बिन्दुमा रहेको भनिरहँदा वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनीले डेंगुको फैलावट अब नियन्त्रण नै गर्न नसक्ने अवस्थामा पुगिसकेको बताउनुहुन्छ ।  
     
    मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले डेंगु नियन्त्रण बाहिर नभएर हामी उच्च अवस्थाबाट गुज्रिरहेको भन्दै यसबाट बच्न व्यक्ति,परिवार र समुदायसामु नै मुख्य उपाय रहेको बताउनुभयो। 
     
    डेंगु केही ठाउँमा देखिनासाथ नियन्त्रण गर्नुपर्नेमा बेवास्ता गरिएकाले धेरै ठाउँमा फैलिएपछि नियन्त्रण गर्न सकिने अवस्था नरहेको विज्ञहरूको भनाई छ । सरुवा रोगलाई जहिले पनि सुरुमै नियन्त्रण गर्नुपर्ने र फैलिइसकेपछि नियन्त्रण असम्भव जस्तै हुने वरिष्ठ सरुवा रोग विशेषज्ञ डा मरासिनीको भनाई छ । 
     
    चिकित्सक सुन्दरमणी दीक्षितले सरकार राजनीतिमा मात्र रुमलिएकोले डेंगुप्रति पटक्कै चासो नदिएको र लामखुट्टे मार्ने व्यवस्था गर्नुपर्नेमा त्यसो नगरेको भन्दै आफ्नो बचाउ आफै गर्ने बेला भएको बताउनुभयो । दीक्षितले डेंगु नियन्त्रणका लागि कुनै पहल नगरेर सरकारले पनि लामखुट्टेलाई नै सहयोग गरेको टिप्पणी पनि गर्नुभएको छ।   
     
    लामखुट्टे भगाउन वा मार्न औषधीको प्रयोग किन नगरेको भन्ने जिज्ञासामा स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता अधिकारीले बाहिर औषधी छर्किन विज्ञले सल्लाह नदिएको भन्दै  सुख्खा बनाउने र लार्भा खोज र नष्ट गर अभियान जारी राखेको दाबी गर्नुभएको छ। 
     
    लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सङ्क्रमण भएर सिकिस्त अवस्थामा अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको चिकित्सकहरूले बताइरहेका छन् ।  डेंगुको ज्वरो कम भएपछि पनि स्वास्थ्यमा थप जटिल समस्या आउन सक्ने भन्दै चिकित्सकहरूले सचेत रहन आग्रह गरिरहेका छन् । 
     
    ज्वरो कम भएपछि डेंगु निको भएको भन्दै लापरबाही गर्दा ज्यानै जाने जोखिम हुन्छ । यो समयमा पेट वा फोक्सोमा पानी जम्ने सम्भावना रहने हुनाले संक्रमण भइसकेपछि उच्च सावधानी अपनाउनुपर्नेमा चिकित्सकले जोड दिएका छन् ।  
     
    डेंगुका कारण मृत्यु हुनेको संख्या बढिरहेकाले डाक्टरले सचेत रहन आग्रह गरिएको छ।  देशभर डेंगुको संक्रमण फैलिएसँगै बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको छ । 
     


    मंगलवार, आश्विन ११ २०७९०८:३०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij