Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा 

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा 

  • बुधवार, आश्विन १२ २०७९

  • 896
    SHARES

  • राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता घोषणा 
    काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ । आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।
     
    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनुहुने छ भने मिश्रसँगै आएका अरू नेताहरूको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् ।
     
    त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ । एकता घोषणाका क्रममा बटुकहरूले स्वस्ति वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए । एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरूसँगै मिश्रले भने पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।
     
    आफूलाई परम्परागत शक्ति भन्दै आएको राप्रपाले मिश्रलाई पृथ्वीनारायण शाहको तस्बिर ढोग्न लगाउँदै आफ्नो पार्टीमा भित्र्याएको छ । मिश्रले पृथ्वीनारायण शाहको तस्बिरमा ढोगेपछि एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
     


    बुधवार, आश्विन १२ २०७९०२:४४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij