Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डेंगु संक्रमितको संख्या २८ हजार नाघ्यो, अहिलेसम्म ३८ जनाको मृत्यु

डेंगु संक्रमितको संख्या २८ हजार नाघ्यो, अहिलेसम्म ३८ जनाको मृत्यु

  • बिहिवार, आश्विन १३ २०७९

  • 580
    SHARES

  • डेंगु संक्रमितको संख्या २८ हजार नाघ्यो, अहिलेसम्म ३८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ भने एकै दिन ५४० जनामा डेंगु संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

    मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।

    मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ ।


    बिहिवार, आश्विन १३ २०७९०४:५२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij