काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैँ बिदाका लागि विशेष व्यवस्था ल्याएको छ। महानगरका मेयर बालेन्द्र शाह बालेनले सामाजिक सञ्जालमा पोस्ट गर्दै ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको जनाउनुभएको छ।
‘दसैँ बिदाका लागि विशेष व्यवस्था, ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको छ,’ बालेनले लेख्नुभएको छ, ‘नजिकको स्वास्थ्य स्वयंसेवकमार्फत तपाईँहरूले सिटामोल र जीवनजल प्राप्त गर्न सक्नु हुनेछ।’
यस्तै महानगरले २४ घन्टे हटलाइन सेवा निरन्तर राख्ने व्यवस्था मिलाएको छ। ११८० मा फोन गरेर डेंगुको बारेमा जानकारी लिन सकिने १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सकिने मेयर शाहले जनाउनुभएको छ।