काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
यससँगै एमालेको तर्फबाट प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले मनोनयन दर्ता गराउनुभएको छ।
२०७४ को निर्वाचनमा पनि पोखरेल काठमाडौं ५ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०५४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित पोखरेल २०५६ सालमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यसैबीच, काठमाडौं ५ बाटै प्रतिनिधिसभा सदस्यका लागि नेत्री रन्जु दर्शनाले मनोनयन दर्ता गराउनुभएको छ । तत्कालीन विवेकशील साझा पार्टीबाट २०७४ को निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयरमा पराजित रन्जु हाल स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिनुभएको हो ।