Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

क्यानद्वारा मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान

क्यानद्वारा मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान

  • बिहिवार, भाद्र १८ २०७७

  • 1.2K
    SHARES

  • क्यानद्वारा मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान

    काठमाडौं। समयदेखि मुख्य प्रशिक्षक विहिन नपाली क्रिकेट टोलीको प्रशिक्षकका लागि दर्खास्त आह्वान गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सिनियर क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान गरेको हो। क्यानले मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ र प्रदेश प्रशिक्षक ७ जनाको विज्ञापन खुल्ला गरेको छ ।

    आज (बिहीबार) मुख्य प्रशिक्षक सहित विभिन्न प्राविधिक कर्मचारीहरु महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि खुल्ला दर्खास्त आह्वान क्यानले जनाएको छ। क्यानका अनुसार अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग समन्वय गर्दै रिक्त रहेको पदमा विज्ञापन खुलाएको हो।

    यसअघि असार २६ गते बसेको क्यानको बैठकले एक हप्ता भित्र मुख्य प्रशिक्षकसंगै महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो। तर आईसीसीको प्रक्रियामा ढिलाई भएको कारण देखाउँदै क्यानले झन्डै डेढ महिनापछि विज्ञापन खुलाएको हो। 

    इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै सेप्टेम्बर २३ भित्र क्यानमा पत्राचार गरिसक्नु पर्ने जनाइएको छ । क्यानले झण्डै ६ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको थियो। क्यान निलम्बनमा रहेको बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) र आईसीसीसको सहमतिमा उमेश पटवाल एक वर्षको लागि नेपालको प्रशिक्षकमा अनुबन्धित भएका थिए । तर उनले आफ्नो सम्झौताको समय अवधि नसकिदै राजिनामा दिए। सम्झौता अवधि सकिन झन्डै ३ महिना बाँकी रहँदा पटवालले तलबको विषयमा असन्तुष्टि देखाउँदै आईसीसीमा राजिनामा बुझाएका थिए।

    त्यसपछि क्यानले यसअघि भारतीय मुलका प्रशिक्षक लालचन्द राजपुत राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाउने तयारी गरेको थियो। तर अन्तिम समयमा लालचन्दले धोको दिएको भन्दै क्यानले खुल्ला दर्खास्त आह्वान गरेर प्रशिक्षक छनोट गर्ने निर्णय लिएको थियो । तत्कालिन प्रशिक्षक पटवालले समय अवधि नसकिंदै राजीनामा दिएर स्वदेश फर्किएसंगै सो पद रिक्त अवस्थामा रहेको छ।


    बिहिवार, भाद्र १८ २०७७११:५०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij