Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गोरखा पुगेर भक्कानिँदै रोए प्रचण्ड,कारण यस्तो.....

गोरखा पुगेर भक्कानिँदै रोए प्रचण्ड,कारण यस्तो.....

  • शुक्रवार, आश्विन २८ २०७९

  • 1.7K
    SHARES

  • गोरखा पुगेर भक्कानिँदै रोए प्रचण्ड,कारण यस्तो.....

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा रुनुभएको छ । गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उहाँले आफू गोरखामा आउनुपर्ने कारणबारे व्याख्या गर्ने क्रममा भक्कानिँदै रोएर आँसु बगाउनुभएको हो ।

    चितवन ३ छाडेर गोरखा आउनुर्ने कारणबारे व्याख्या गर्दा गर्दै उहाँ घुँक्कघुँक्क गर्न थाल्नुभयो। चिनियाँ कम्युनिस्ट आन्दोलनमा विचलन आएपछि माओत्सतुङ विरक्तिएर एकपटक चिनकाङसाङ फर्किएको घटना सुनाउँदै कार्यकर्तामाझ घुँक्कघुँक्क गर्नुभयो।

    उहाँले चिनियाँ कम्युनिष्ट आन्दोलनका अगुवा माओत्सेतुङ पुनः नयाँ आन्दोलनको ऊर्जा बटुल्न, नयाँ आन्दोलनको तागत लिन चिनकाङसाङ पुगेको पनि सुनाउनुभयो। दाहालले माओवादी आन्दोलनमा विचलन आएको लुकाएर लुकाउन नसकिने बताउनुभयो। उहाँले नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखामा चुनाव लड्न लागेको पनि तर्क गर्नुभयो।

    गोरखामा कार्यकर्तामाझ उहाँले आफ्नो युवाउमेर बितेको, जनयुद्धको थालेको, युद्धको सैनिक तालिम लिएको, पार्टीको पहिलो हेडक्वार्टर भएको गोरखालाई चिनकाङसाङको संज्ञा दिनुभयो। उम्मेदवारी मनोनयनपछि चुनावी प्रचारचका लागि पहिलो पटक पुग्नुभएका उहाँ यति व्याख्या गरेर धेरैपटक रूँदै कार्यकर्ता फकाउने कोसिस गर्नुभयो।

    अबको आन्दोलन शान्तिपूर्ण हुने उहाँको तर्क थियो। संसदवादी दलमा माओवादी मात्रै भ्रष्टाचारमुक्त रहेको उहाँले दाबी गर्नुभयो। दाहालले माओवादीकै कतिपय सांसदहरु भ्रष्टाचारमुक्त नभएको बताउँदै आफू भने त्यसबाट परै रहेको तर्क गर्नुभयो।


    शुक्रवार, आश्विन २८ २०७९०७:२८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij