Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेको छः प्रचण्ड

गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेको छः प्रचण्ड

  • शनिवार, आश्विन २९ २०७९

  • 557
    SHARES

  • गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेको छः प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पुनर्निर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्नुभएको छ ।

    सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहनुभएका उहाँले आज बिहान दरबार अवलोकन गर्नुभएको हो ।

    गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबारको प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाको आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उहाँले गोरखा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक हिसाबले महत्वपूर्ण जिल्ला भएको बताउनुभयो ।

    उहाँले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेको दाबी गर्नुभयो । दरबार अवलोकनका क्रममा गोरखा दरबार सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी गराउनुभएको थियो ।


    शनिवार, आश्विन २९ २०७९०१:१२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij