Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपाको घोषणापत्रबाट हट्यो ‘जनयुद्ध’ र ‘ओली प्रतिगमन’

जसपाको घोषणापत्रबाट हट्यो ‘जनयुद्ध’ र ‘ओली प्रतिगमन’

  • सोमवार, आश्विन ३१ २०७९

  • 561
    SHARES

  • जसपाको घोषणापत्रबाट हट्यो ‘जनयुद्ध’ र ‘ओली प्रतिगमन’

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गरेको छ ।

    ३६ पृष्ठ लामो प्रतिवद्धतापत्रमा संघीयता, समृद्धि, सुशासन, सामाजिक न्याय र समाजवादलाई राजनीतिक लक्ष्यको रुपमा प्रस्तुत गरिएको छ । जसपाले ‘सबैलाई शिक्षा, स्वास्थ्य, रोजगार र पहिचान, जसपा नेपालको छाता चिह्नमा मतदान’ लाई पार्टीको चुनावी मूल नारा बनाएको छ ।

    पार्टीमा डा. बाबुराम भट्टराई रहँदा हरेक राजनीतिक दस्तावेज र चुनावी घोषणापत्रको भूमिकामा जनयुद्ध शब्द समेटिएको हुन्थ्यो । पार्टीबाट भट्टराई हटेसँगै जनयुद्धको ठाउँमा ‘दश वर्षे सशस्त्र विद्रोह’ शब्द प्रयोग गरिएको छ ।

    संविधानको रक्षा गर्न भन्दै ‘प्रतिगमनविरोधी गठबन्धन’मा रहेको जसपा चुनावको मुखमा नेकपा एमाले नेतृत्वको गठबन्धनमा गएको थियो । यो राजनीतिक कित्ता परिवर्तनको प्रभाव घोषणापत्रमा पनि देखिएको छ । चुनावी प्रतिबद्धतापत्रमा जसपाले यसअघि भन्दै आएको ‘ओली प्रतिगमन’ र एमालेको भूमिकाबारे कुनै सन्दर्भ उल्लेख गरिएको छैन ।

    ‘हामीले अन्य राजनीतिक दलको मूल्यांकनसँगै एमालेको उक्त कदमबारे पनि उल्लेख गरेका थियौं’ घोषणापत्र निर्माणमा संलग्न एक नेताले भन्नुभयो, ‘पछि घोषणापत्रमा अन्य दलको सन्दर्भ उल्लेख नगर्ने सहमति भयो र ती सन्दर्भहरू हटाइयो ।’

    प्रतिवद्धतापत्रमा कम्युनिष्ट पार्टीलाई ‘कमाउनिष्ट’ को संज्ञा दिइएको छ । ‘नेपालमा पनि धेरैथरि कम्युनिष्ट पार्टीहरुले आफूलाई साम्यवादी कित्तामै उभ्याएका छन् । तर, ती व्यवहारतः अवसरवादी र ‘कमाउनिष्ट’ भइसकेका छन्,’ प्रतिबद्धतापत्रमा भनिएको छ ।

    जसपाले कांग्रेस पुँजीवादी उदारवादी विचारधारा बोक्ने पार्टी भए पनि यो इतिहासकै ब्याजमा धानिएको र पारम्पारिक राजनीति गरिरहेको विश्लेषण गरेको छ । जसपाको निष्कर्ष छ, ‘यो पार्टीले अहिलेको वर्तमानको अर्थराजनीतिक जटिलतालाई निकास दिनसक्ने ल्याकत राख्दैन ।’


    सोमवार, आश्विन ३१ २०७९०२:१२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij