Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

क्यारेबियन प्रिमियर लिग : वर्षाले प्रभावित गरेपछि नतिजा विहीन

क्यारेबियन प्रिमियर लिग : वर्षाले प्रभावित गरेपछि नतिजा विहीन

  • शुक्रवार, भाद्र १९ २०७७

  • 703
    SHARES

  • क्यारेबियन प्रिमियर लिग : वर्षाले प्रभावित गरेपछि  नतिजा विहीन

    एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपीएल) टी(ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजा विहीन सकिएको छ ।

    ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले खेल प्रभावित गरेपछि जमैका प्याट्रियट्सबीचको खेल नतिजा विहीन सकिएको हो ।
    टस हारेर प्याट्रियट्सले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । खेल रोकिनु अघि प्याट्रियट्सले ५ ओभर ४ बलमा विना विकेटको क्षतिमा ४६ रन बनाएको थियो ।

    खेल नतिजा विहीन सकिएसँगै दुबै टिमले एक एक अंक पाएका छन् । जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । प्याट्रियट्स ९ खेलमा ३ अंकका साथ तालिकाको पुछारमा छ ।

     

     


    शुक्रवार, भाद्र १९ २०७७०७:०४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij