काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको ब्याटिङ वरीयता सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो । दीपेन्द्र यस अघि ६२ औं स्थानमा रहेका थिए ।
नयाँ वरीयतामा दीपेन्द्र ६१ औं स्थानमा रहेका छन् । ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता यथावत् रहेको छ । नयाँ वरीयतामा कुशल ५३ औं स्थानमा यथावत् रहेका छन् ।
बलिङतर्फ सन्दीप लामिछाने भने २ स्थान तल झरेर ७३ औ स्थानमा रहेका छन् । अलराउन्डर तर्फ भने दीपेन्द्र सिंह ऐरी एक स्थान तल झरेर १० औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका मोहम्मद रिजवान शीर्ष स्थानमा यथावत् रहेका छन् । बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डर तर्फ भने शाकिब अल हसन शीर्ष स्थानमा फर्किएका छन् ।