काठमाडौं । दृष्टिविहीनले विभिन्न माग राख्दै काठमाडौं महानगरपालिकाको कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।
सडक फुटपाथमा बस्न पाउनुपर्ने, महानगरको पहलमा रोजगारी दिनुपर्नेलगायत मागसहित प्रदर्शन गरेका हुन् । बुधबारदेखि उनीहरू महानगर कार्यालय घेराउ गरेर बसेका छन् ।
महानगरले भने गएको असारदेखि नै सार्वजनिक सूचना जारी गर्दै भित्री सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी तथा गैरसरकारी कार्यालय परिसरलगायत सार्वजनिक स्थानमा भिख माग्न निषेध गरेको थियो । त्यसरी सडकमा बसे मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको थियो ।
महानगरले वास्तविक सहाराविहीन नागरिकलाई मानवसेवा आश्रममा व्यवस्थापन समेत गर्दै आएको जनाइएको छ ।