Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सर्वोच्च अदालतमा कात्तिक ६ गते मुद्दाको सुनुवाइ नहुने

सर्वोच्च अदालतमा कात्तिक ६ गते मुद्दाको सुनुवाइ नहुने

  • बिहिवार, कार्तिक ३ २०७९

  • 590
    SHARES

  • सर्वोच्च अदालतमा कात्तिक ६ गते मुद्दाको सुनुवाइ नहुने

    काठमाडौं । सर्वोच्च अदालतमा कात्तिक ६ गतेका लागि नियमित पेसीमा रहेका मुद्दाको सुनुवाइ नहुने भएको छ।

    सर्वोच्च अदालत तथा उच्च अदालतको आर्थिक वर्ष २०७८र०७९ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा कार्यक्रम तय भएकाले कात्तिक ६ गते नियमित पेसीमा रहेका मुद्दाको सुनुवाइ नहुने सर्वोच्च प्रशासनले जनाएको छ।

    सर्वोच्च प्रशासनका अनुसार उक्त दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ गर्ने बाहेक अन्य सम्पूर्ण मुद्दाको सुनुवाइ स्थगित हुनेछ।

    कात्तिक ५ र ६ गते काठमाडौं हुने तय भएको वार्षिक कार्ययोजनाको प्रगति समीक्षा कार्यक्रममा सर्वोच्च अदालतका सबै न्यायाधीश र उच्च अदालतका मुख्य न्यायाधीशहरु सहभागी हुने जनाइएको छ।

    letter.jpg


    बिहिवार, कार्तिक ३ २०७९०५:१४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij