Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तिहार र छठमा पनि बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ जारी रहने

तिहार र छठमा पनि बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ जारी रहने

  • मंगलवार, कार्तिक ८ २०७९

  • 531
    SHARES

  • तिहार र छठमा पनि बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ जारी रहने

    काठमाडौँ । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ ।

    सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।

    न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।


    मंगलवार, कार्तिक ८ २०७९०२:४८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij