Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पहिलो टी–ट्वान्टीमा इङ्ल्याण्डको अष्ट्रेलियामाथि रोमाञ्चक जित

पहिलो टी–ट्वान्टीमा इङ्ल्याण्डको अष्ट्रेलियामाथि रोमाञ्चक जित

  • शनिवार, भाद्र २० २०७७

  • 790
    SHARES

  • पहिलो टी–ट्वान्टीमा   इङ्ल्याण्डको अष्ट्रेलियामाथि  रोमाञ्चक जित

    पहिलो टी–ट्वान्टी क्रिकेटमा इङ्ल्याण्डले अष्ट्रेलियामाथि २ रनको रोमाञ्चक जित दर्ता गरेको छ । जितसंगै तीन म्याचको सिरिजमा घरेलु टोली इङ्ल्याण्ड १–० ले अग्रता बनाएको छ ।

    १ सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । ओपनरद्धय डेबिड वार्नरले ५८ र आरोन फिन्चले ४६ रन बनाए पनि मध्य र तल्ला क्रममा ब्याट्सम्यान चल्न नसक्दा अष्ट्रेलियालाई जित दिलाउन सकेनन् ।

    यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। डविड मलानले ६६ रन बनाएको इनिङ्समा जोस बटलरले ४४ रनको योगदान दिएका थिए। यी दुई टोली बीचको दोस्रो खेल भोलि सोही मैदानमा खेलिने छ ।


    शनिवार, भाद्र २० २०७७०९:२६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij