Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय टिमका प्रशिक्षक कालिनको संम्झौता थपिने

राष्ट्रिय टिमका प्रशिक्षक कालिनको संम्झौता थपिने

  • शनिवार, भाद्र २० २०७७

  • 1.0K
    SHARES

  • राष्ट्रिय टिमका प्रशिक्षक कालिनको संम्झौता थपिने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय पुरुष फुटबल टिमका विदेशी प्रशिक्षक योहान कालिनसँग सम्झौता नवीकरणको तयारी गरेको छ । राष्ट्रिय टिमका प्रशिक्षक कालिनको सम्झौता फिफा विश्वकप छनोटका बाँकी खेलसम्मका लागि थप्ने तयारी गरिएको एन्फाले जनाएको छ ।

    फिफा विश्वकप २०२२ छनोट दोस्रो चरण खेलिरहेको नेपालले घरेलु मैदानमा बाँकी तीन खेल खेल्न बाँकी छ । कालिनको सम्झौता सकिने अवस्थामा पुग्नु र कोरोनाको महामारीले खेलको टुंगो नलाग्दा एन्फा मुख्य प्रशिक्षकको सम्झौता नवीकरण गर्ने तयारीमा जुटेको हो ।

    एन्फाका महासचिव इन्द्रमान तुलाधरले कालिनको सम्झौता नवीकरण गर्ने तयारी भएको र लगभग टुंगोमा पुगिसकेको जानकारी दिएका छन् ।

    एन्फाले कालिनसँग सुरुवातमा दुई बर्षको लागि सम्झौता गरेको थियो । सुरुवातमा गरिएको सम्झौता आगामि वर्षको जनवरी २८ मा सकिँदैछ ।


    शनिवार, भाद्र २० २०७७०१:३५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij