Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

घरेलु मैदानमा इटाली बराबरीमा रोकियो, नेदरल्यान्ड्सको कठिन जित

घरेलु मैदानमा इटाली बराबरीमा रोकियो, नेदरल्यान्ड्सको कठिन जित

  • शनिवार, भाद्र २० २०७७

  • 1.0K
    SHARES

  • घरेलु मैदानमा इटाली बराबरीमा रोकियो, नेदरल्यान्ड्सको कठिन जित

    एजेन्सी । युइएफए नेशन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटाली घरेलु मैदानमा बोस्निया एन्ड हर्जगोभिनासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

    साविक उपविजेता नेदरल्याण्ड्सले भने पोल्याण्डविरुद्ध १–० को कठिन जित हात पारेको छ ।

    लिग एअन्तर्गत समूह एकको खेलमा इडेन जेकोले ५७ औं मिनेटमा गोल गर्दै बोस्नियालाई पहिले अग्रता दिलाएका थिए । तर, ६७ औं मिनेटमा स्टेफानो सेन्सीले इटालीका लागि बराबरी गोल फर्काएका थिए ।

    लिग एको समूह एकको अर्को खेलमा नेदरल्याण्ड्सका लागि स्टेफेन बर्गविनले खेलको ६१ औं मिनेटमा निर्णायक गोल गरे । त्यो नै निर्णायक बन्न पुग्यो ।

    बराबरीमा रोकिएपछि इटाली र बोस्नियाले अंक बाँडेका छन् भने नेदरल्याण्डले तीन अंक हात पारेको छ । पोल्याण्ड भने अंकविहीन छ ।

     


    शनिवार, भाद्र २० २०७७०१:५५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij