Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक

नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक

  • मंगलवार, कार्तिक १५ २०७९

  • 803
    SHARES

  • नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक

    काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

    मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्नुभएको हो ।

    घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

    घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि यहीँबाट सुरु भएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन ।


    मंगलवार, कार्तिक १५ २०७९०२:४३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij