Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको चुनावी गीत ‘अघि अघि प्रचण्ड पछि पछि हामी नेपाली’ सार्वजनिक (भिडियोसहित)

माओवादी केन्द्रको चुनावी गीत ‘अघि अघि प्रचण्ड पछि पछि हामी नेपाली’ सार्वजनिक (भिडियोसहित)

  • बुधवार, कार्तिक १६ २०७९

  • 949
    SHARES

  • माओवादी केन्द्रको चुनावी गीत ‘अघि अघि प्रचण्ड पछि पछि हामी नेपाली’ सार्वजनिक (भिडियोसहित)
    काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘अघि अघि प्रचण्ड पछि पछि हामी नेपाली’ बोलको चुनावी गीत सार्वजनिक गरेको छ । 
     
    माओवादी केन्द्रको विदेश विभाग अन्तर्गतको जनप्रगतिशील मंच जापानले चर्चित गायक बद्री पंगेनी र गायिका स्मिता दाहालको स्वरमा उक्त चुनावी गीत ल्याएको हो ।
     
    नेकपा एमालेको चुनावी गीत गाएपछि विवादमा परेका लोकगायक  पंगेनीले यसपटक भने माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् ।
     
    गीतको शब्द भने चर्चित गीतकार एकनारायण भण्डारीले लेखेका हुन् । मौसम हिमालीको निर्देशनमा तयार गीतको भिडियोमा करिश्मा ढकाल, लोमश शर्मा र चेतन गोतामेले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियो उनकै सम्पादनपछि ‘चेतन गोतामे’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।
     
    देशमा सङ्घीयता, गणतन्त्र लगायतका अग्रगमनका मुद्दामा देश र जनतालाई अहिलेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएकोले प्रचण्डलाई जनताले देशको नेतृत्व गरेको देख्न चाहने गीतमा आशय व्यक्त गरिएको छ ।
     
     
     


    बुधवार, कार्तिक १६ २०७९१०:२४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij