Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगद्वारा आचारसंहितामा कडाइ, टेर्दैनन् दलहरु, भुले प्रतिवद्धता (खास खबर)

निर्वाचन आयोगद्वारा आचारसंहितामा कडाइ, टेर्दैनन् दलहरु, भुले प्रतिवद्धता (खास खबर)

  • बुधवार, कार्तिक १६ २०७९

  • 816
    SHARES

  • निर्वाचन आयोगद्वारा आचारसंहितामा कडाइ, टेर्दैनन् दलहरु, भुले प्रतिवद्धता (खास खबर)

    काठमाडौं । हरेक पटकको निर्वाचनमा मतदाताले आफ्नो स्वविकेकले मतदान गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । विगतका निर्वाचनलाई हेर्ने हो भने पनि मतदाताले गोप्य मतदान आफूले चाहेको उम्मेदवारलाई दिने गरेका छन् । निर्वाचन ताका मतदातालाई रिझाउन र आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवारहरुले गर्ने तिगडमबाजी अनेक प्रकारको हुन्छ । कतिपय मतदाता त्यसैमा रुमलिन्छन् र विकेक गुमाउँछन् तर कतिपयले आफ्नै स्वविवेक प्रयोग गरेर मत हाल्छन् । पछिल्लो समय बढ्दो प्रविधिका कारण उम्मेदवारलाई छलछाम गर्न र ढाट्न छुट छैन । हिजो आफूले सार्वजनिक रुपमा बाँडेका सपना आज पूरा नहुँदा तिनै उम्मेदवार ट्रोलको शिकार बनेका छन् । अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या निकै ठूलो छ, सञ्जालमा अपलोड भएका भिडियोहरु एकाएक भाइरल भइरहेका हुन्छन् । पछिल्लो समय ‘नो नट अगेन’ फेसबुक पेजले केही पुराना नेताहरुका तस्बिर पोष्ट्याउँदै अब तिनिहरुलाई बिदा गर्नुपर्ने वाक्य लेख्यो र त्यसमा सकारात्मक र नकारात्मक प्रतिक्रिया आए । यसै विषयलाई लिएर उक्त फेसबुक पेज बन्द गर्नुपर्ने निर्वाचन आयोगले उर्दी जारी गर्यो तर, यस विषयमा मत बाझिँदा आयोगलाई नै टाउको दुखाइको विषय बनेको छ । संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार नागरिकले आफ्नो अभिव्यक्ति स्वतन्त्र रुपमा राख्न पाउने र त्यसमाथि आयोगले अंकुश लगाउनु गलत हुनेछ ।

    आयोगले एक विज्ञप्ति जारी गर्दै कसै उम्मेदवारप्रति द्वेषपूर्ण र भ्रामक प्रचारप्रसार गर्न नपाइने भनेको छ । यद्यपि यो विषयले आयोगको निष्पक्षतामा पनि प्रश्न खडा भएको छ । यता, साइबर विज्ञ डा. श्रीकृष्ण भट्टराईले निर्वाचन आयोगले ल्याएको आचारसंहिता सबैले पालना गर्नुपर्ने बताउनुभयो । आफैले भित्रैदेखि के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने विषयमा बुझी कसैको मानमर्दन गर्न नमिल्ने भट्टराईको जिकिर छ ।

    अहिले निर्वाचन आयोग र विभिन्न क्षेत्रका विज्ञहरुबीच कुरा बाँझिदै गएको छ । एक मतदाता वा नागरिकले आफूले मन परेको उम्मेदवारलाई मत दिन आह्वान गर्न पाउनुपर्ने र मन नपरेको उम्मेदवारलाई नो भोट भन्न पाउनुपर्ने विषयमा सबैका आआफ्ना धारणा रहेका छन् । यो चलन विगत लामो समयदेखि नै चलिआएको हो, यद्यपि अहिले सामाजिक सञ्जाल र प्रविधिका कारण सबैका हातहातमा छिटो पुगेको मात्रै हो ।

     

     


    बुधवार, कार्तिक १६ २०७९०७:४३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij