Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

क्यारेबियन प्रिमियर लिग : जमैका ७ विकेटले पराजित

क्यारेबियन प्रिमियर लिग : जमैका ७ विकेटले पराजित

  • आइतवार, भाद्र २१ २०७७

  • 1.0K
    SHARES

  • क्यारेबियन प्रिमियर लिग : जमैका  ७ विकेटले पराजित

    एजेन्सी।  क्यारेबियन प्रिमियर लिग अन्तर्गत जमैका तल्लावाह पराजित भएको छ । गएराती सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग ७ विकेटले पराजित भएको हो ।

    जमकाले दिएको १६२ रनको लक्ष्य पछाएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।जमैकाका बलर सन्दीप लामिछाने, ओस्मान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिए ।

    नेपाली बलर सन्दीप लामिछानेले ४ ओभरमा २६ रन दिएर एक विकेट लिएका थिए । सन्दीपले बार्बाडोसका कप्तना होल्डरलाई आउट गरेका थिए ।

    योसँगै सन्दीपले यस सिजनमा ८ खेलमा ११ विकेट लिएका छन् । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।

    यो खेल जितेपनि बार्बाडोस प्रतियोगिताबाट आउट भइसकेको छ । त्यस्तै जमैकाको भने पाँचौ हार हो । ९ खेलमा ३ जित, एक रद्ध र ५ हार बेहोरेको जमैका ७ अंकसहित चौथो स्थानमा छ भने जमैका सेमिफाइनलमा पुगिसकेको छ ।

     


    आइतवार, भाद्र २१ २०७७०६:२७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij