काठमाडौं । पुर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताउनुभएको छ । दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै उहाँले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ ।’
उहाँले दार्चुलाको समस्या आफूले बुझेको बताउनुभयो ।