Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संस्थागत सुदृढिकरणको लागि लघुवित्तमा पनि मर्जर आवश्यक : पन्त

संस्थागत सुदृढिकरणको लागि लघुवित्तमा पनि मर्जर आवश्यक : पन्त

  • आइतवार, भाद्र २१ २०७७

  • 1.9K
    SHARES

  • संस्थागत सुदृढिकरणको लागि लघुवित्तमा पनि मर्जर आवश्यक : पन्त

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले ठूलो समस्याबाट जुध्न ठूलै खालका वित्तीय व्यवस्थापन आवश्यक भएकोले लघुवित्त कम्पनीहरु पनि मर्जरमा जानै पर्ने बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्बादमा पत्रकार टीपी भुसालसंग कुरा गर्दै उहाँले राष्ट्र बैंकले समेत मर्जर गर्ने गराउने तथा प्राप्ति गर्ने संस्थालाई सहुलियत दिने नीति लिएकोले मर्जरलाई थप प्रोत्साहन मिल्ने बताउनु भयो ।

    नेपालमा बैकिङ तथा वित्तीय कारोवार गर्ने धेरै संस्थाहरु भएपनि ग्रामिण स्तरमा जनताको घर घरमै पुगेर लघुवित्त संस्थाहरुले सेवा दिइरहेको र धेरै मानिसलाई सामान्य मानिसबाट उद्यमी बनाउन सफल भएको पन्तको धारणा छ ।

    कतिपय संस्थाहरुको कमीकमजोरीले कहिँकतै लघुवित्तका कामहरुको बारेमा टिप्पणी हुने गरेपनि समग्रमा लघु वित्त संस्थाले गरिबिको रेखा मुनि रहेका नेपालीहरुको जीवनस्तर माथि उठाउन ठूलो भूमिका खेलेको बताउनु भयो ।

    नेपालको लघुवित्त क्षेत्रका पिता भनेर चिनिने डा. हरिहरदेव पन्त फाउन्डेशनका अध्यक्ष समेत रहेका पन्तले स्वर्गीय पन्तको पाँचौ स्मृति दिवसका अवसरमा आइतवार विभिन्न कार्यक्रमको ओयोजना गरी विभिन्न व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो । पन्त स्वर्गीय हरिहरदेव पन्तका छोरा समेत हुनुहुन्छ ।

    निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सिइओ तथा डा. हरिहरदेव पन्त फाउनडेशनका अध्यक्ष जनार्दनदेव पन्तसँग गरिएको कुराकानी सुन्न यहाँ क्लिक गर्नुस् ।

     


    आइतवार, भाद्र २१ २०७७१०:२९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij