Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपाको घोषणापत्र सार्वजनिक- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री

जसपाको घोषणापत्र सार्वजनिक- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री

  • शनिवार, कार्तिक १९ २०७९

  • 735
    SHARES

  • जसपाको घोषणापत्र सार्वजनिक- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री

    काठमाडौँ . जनता समाजवादी पार्टी जसपाले आगामी निर्वाचनका लागी घोषणापत्र सार्वजनिक गरेको छ। जसपाले आज सार्वजनिक गरेको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको मुद्दालाई प्राथमिकतासाथ अगाडि सारेको छ ।

    घोषणापत्रमा जसपाले संघमा सरकार निर्माण गरेमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने र कार्यकारी राष्ट्रपतिले समावेशी मन्त्रिपरषद् गठन गर्ने व्यवस्था गर्ने समेत उल्लेख गरेको छ ।

    भने संघीय र प्रदेश संसद् भने पूर्ण समानुपातिक गर्नुपर्ने धारणा अगाडि सारेको छ ।कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी एकै कार्यकारी पदमा रहन नहुने कानुनी व्यवस्था गर्ने पनि उसले भनेको छ ।

    यस्तै संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र सहकार्यात्मक सिद्धान्तमा आधारित सम्बन्ध हुने पनि जसपाको घोषणापत्रमा उल्लेख छ ।


    शनिवार, कार्तिक १९ २०७९०२:५९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij