Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘नो नट अगेन’ सम्बन्धी रिटमा कारण देखाउ आदेश

‘नो नट अगेन’ सम्बन्धी रिटमा कारण देखाउ आदेश

  • आइतवार, कार्तिक २० २०७९

  • 554
    SHARES

  • ‘नो नट अगेन’ सम्बन्धी रिटमा कारण देखाउ आदेश
    काठमाडौं । सर्वोच्च अदालतले ’नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
     
    आइतबार(आज) वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निर्वाचन आयोगका नाममा यस्तो आदेश जारी गरेको हो ।
     
    नो नट अगेनमाथि प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल रहेको दाबीसहित वरिष्ठ अधिवक्ता त्रिपाठीले रिट दायर गर्नुभएको थियो ।
     
    सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ । साथै अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ ।
     
     


    आइतवार, कार्तिक २० २०७९०४:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij