एजेन्सी । युइएफ नेशन्स लिगमा साविक विजेता पोर्चुगलले सानदार सुरुवात गरेको छ । साथै, बेल्जियम, फ्रान्स र इंग्ल्याण्डले पनि विजयी सुरुवात गरेका छन् ।
लिग ए को समूह ३ मा साविक विजेता पोर्चुगलले गएराति विश्वकप उपविजेता क्रोएसियालाई ४–१ ले पराजित गरेको छ ।
नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना नै मैदनमा उत्रिएको पोर्चुगलका लागि जाओ क्यानसेलो डिएगो जोटा, जाओ फेलिक्स र आन्द्रे सिल्भाले गोल गरे । क्रोएसियाका लागि ब्रुनोे पेटकभिकले एक गोल फर्काए ।
त्यस्तै, बेल्जियमले उसकै मैदानमा डेनमार्कलाई २–० ले हरायो ।
त्यसैगरी, फ्रान्स र इंग्ल्याण्डले भने १–० को कठिन जित हात पारे । फ्रान्सले स्विडेनलाई र इंग्ल्याण्डले आइसल्याण्डलाई हराएका हुन् ।