Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘मल ठेकेदार’को धरौटी जफतगरी कालोसूचीमा राखिने

‘मल ठेकेदार’को धरौटी जफतगरी कालोसूचीमा राखिने

  • आइतवार, भाद्र २१ २०७७

  • 1.9K
    SHARES

  • ‘मल ठेकेदार’को धरौटी जफतगरी कालोसूचीमा राखिने

    काठमाडौं । गत पुसमै मलको ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष नपु¥याउने दुईवटा ठेकेदार कम्पनीको ५-५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको छ । यी दुबै कम्पनीलाई कालोसूचीमा राख्नका लागि कृषि मन्त्रालयले सिफारिस गर्ने भएको हो ।

    आज कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बसेर दुवै ठेकेदारको धरौटी जफत गर्न लागिएको बताइएको छ । संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कस्ट्रक्सन र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो ।

    उनीहरुले मल आपूर्ति गर्नुपर्ने अन्तिम मिति सकिइसकेको तर अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुबै कम्पनीलाई कारवाही गर्न लागिएको हो ।

     


    आइतवार, भाद्र २१ २०७७०१:५१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij