Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको जुम्ला कमिटी एमालेमा समाहित

नेकपा एसको जुम्ला कमिटी एमालेमा समाहित

  • सोमवार, कार्तिक २१ २०७९

  • 636
    SHARES

  • नेकपा एसको जुम्ला कमिटी एमालेमा समाहित

    काठमाडौं । जुम्लामा माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीले नेकपा एमालेमा समाहित भएको घोषणा गरेको छ । जुम्लाका नेकपा एमाले अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादीका अध्यक्ष आदिप्रसाद न्यौपानेले ७ बुँदे सहमति गर्दै नेकपा एसको जिल्ला कमिटी एमालेमा विलय भएको घोषणा गरेका हुन् ।

    एकीकृत समाजवादीका इन्चार्ज देवीलाल थापा, अध्यक्ष आदिप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्यहरू र अधिकांश जिल्ला समिति सदस्यहरू नेकपा एमालेमा समाहित भएका हुन् । सामाजवादी निकट कर्मचारी र शिक्षक संगठन पनि एमालेमा एकीकृत भएका छन् ।

    एकीकृत समाजवादीका जिल्ला अध्यक्ष आदिप्रसाद न्यौपानेले एकअर्काको आत्मसम्मान र भावनामा ठेस नपुग्ने गरी साझा उद्देश्य र समझदारीका साथ एमालेको संगठन निर्माणको अभियानमा जुट्ने निर्णयसहित नेकपा एमालेमा समाहित भएको जानकारी दिनुभयो ।

    पछिल्लो समय निर्वाचित जनप्रतिनिधिबाहेक अधिकांश नेता र कार्यकर्ताहरू एमालेमा फर्किएको नेकपा एमाले जुम्लाले जनाएको छ ।

    समाजवादीको उच्च तहको नेतृत्वमा रहेका नेतारकार्यकर्ताले विद्रोहको औचित्यमाथि प्रश्न उठाएर पार्टी एकताको बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएको बताइएको छ ।

     


    सोमवार, कार्तिक २१ २०७९०४:१९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij