Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आइपिएलको खेल तालिका आयो, सन्दीपको दिल्लीले पन्जाबको सामना गर्ने

आइपिएलको खेल तालिका आयो, सन्दीपको दिल्लीले पन्जाबको सामना गर्ने

  • आइतवार, भाद्र २१ २०७७

  • 1.1K
    SHARES

  • आइपिएलको खेल तालिका आयो, सन्दीपको दिल्लीले पन्जाबको सामना गर्ने

    काठमाडौं । विश्वकै सबैभन्दा महङ्गो क्लब क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटको खेल तालिका आज सार्वजनिक भएको छ ।

    भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले १३ औं संस्करणको आएपिएलको खेल तालिका सार्वजनिक गरेको हो । कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि युएईमा आयोजना हुने तय भएको आइपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्स र साविक विजेता चेन्नई सुपरकिङ्स भिड्ने भएका छन् ।

    यस सिजनका आइपिएलका खेलहरु युएईका तीन भेन्यु दुबई, शारजाह र आबुधावीमा हुनेछन् । आइपिएलमा जम्मा ४६ खेल खेलिने छन् ।

    तर, बिसिसिआईले प्ले–अफ खेलका लागि भेन्युको निर्णय भने गरेको छैन । प्रतियोगिताको पहिलो खेल आबुधावीमा नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । यस सिजनको आइपिएलमा अक्टोबर १६ सम्म एक–एक खेल हुनेछन् भने १७ अक्टोबरबाट मात्र दुई खेल हुनेछन् ।

    त्यस्तै, दोस्रो दिन हुने खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित दिल्ली कयापिटल्सले किङ्स इलाभेन पन्जाबको सामना गर्नेछ । तेस्रो दिनको खेलमा सनराइजर्स हैदरावादविरुद्ध रोयल च्यालेन्जर बेङगलोर मैदान उत्रिने छ । आइपिएल१९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म युएईमा चल्ने छ ।


    आइतवार, भाद्र २१ २०७७०६:३२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij