काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३३९ वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५४६ पुगेको मन्त्रालयले जनाएको छ ।