Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्य आकाशिदै, नियामक निकाय मौन (खासखबर)

निर्वाचन नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्य आकाशिदै, नियामक निकाय मौन (खासखबर)

  • बुधवार, कार्तिक ३० २०७९

  • 652
    SHARES

  • निर्वाचन नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्य आकाशिदै, नियामक निकाय मौन (खासखबर)

    काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि वृद्धि भएको छ । निर्वाचनको माहोलमा होमिएको सरकार र नियमनकारी निकायहरुको मौनताका कारण व्यापारीहरु सल्बलाएका छन् भने नागरिक चर्को मूल्य तिर्न बाध्य भएका छन् । चर्को मूल्यवृद्धिको मारले अहिले खपत बढ्न नसकेको उनीहरुको भनाइ छ । भारतले निर्यातमा कडाइ गरेपछि चामलको मूल्य बोरामै दुईदेखि तीन सयसम्म बढेको छ । कोरोना महामारी, रुस–युक्रेन युद्धलगायत विषम परिस्थितिका बेला भएको मूल्यवृद्धि अहिले अवस्था सामान्य भइसक्दा पनि घट्न सकिरहेको छैन । चुनावी माहोल तातेको समयमा बजारमा मूल्य बढ्दा त्यहाँ कसैको ध्यान जान सकिरहेको छैन । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई मूल्यवृद्धिबारे पटकपटक जानकारी गराउँदा पनि चुनाव भन्दै पन्छिरहेको छ ।

    मू्ल्यवृद्धि भएपछि उपभोक्ताको क्रयशक्ति कम हुन्छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध, अमेरिकी डलरको भाउ वृद्धिलगायतका विभिन्न कारण देखाउँदै व्यापारीले उपभोग्य सामग्रीमा मूल्य बढाएका हुन् । तर अहिले आपूर्ति शुङ्खला सामान्य अवस्थामा रहँदा पनि मूल्यवृद्धि कायमै छ । खुद्रा व्यापार सङ्घको खाद्यान्न मूल्यसूची अनुसार पछिल्लो एकवर्ष अवधिमा खाने तेलको मूल्यमा दोब्बरको वृद्धि देखिएको छ । यो अवधिमा भुटेको तोरीको तेल प्रतिलिटर दुई सय २० बाट बढेर तीन सय ५०, काँचो तोरीको तेल प्रतिलिटर एक सय ४० बाट दुई सय ४०, भटमास तेल प्रतिलिटर एक सय १५ बाट दुई सय ३०, सूर्यमुखी तेल प्रतिलिटर एक सय २५ बाट दूई सय ४० सम्म पुगेको छ । यता, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराई बजार अनुगमन नियमित भइरहेको र कहिकतै अवाञ्छित गतिविधि भएको पाइए कारबाहीको दायरामा ल्याउने बताउनुहुन्छ ।

    प्रवक्ता भट्टराईका अनुसार विभागले नागरिकलाई मूल्यवृद्धिबारे सचेत गराउनका निम्ति टोल फ्री नम्बर पनि उपलब्ध गराएको छ । मूल्यमा व्यापारीले मनपरी गरेको पाइए गुनासो टिपाउन सकिनेछ ।

    यसवर्ष मूल्यमा निकै वृद्धि भइरहेको छ । वस्तुहरु आयातमुखी रहेका कारण पनि मूल्यवृद्धि भएको हो । भारतबाट पटकपटक घटेर आएको इनधनको मूल्यमा समायोजन नहुँदा पनि उपभोक्ता मारमा परेका छन् ।


    बुधवार, कार्तिक ३० २०७९०७:४९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij