काठमाडौं । सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सिके) राउतले अग्रता बनाउनुभएको छ। राउतले १०२० मत पाउँदा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत पाउनुभएको छ ।
राउतसँग दोब्बर मतले पछाडि परेका यादव पछिल्लो मत परिणामअनुसार दोस्रो स्थानमा उक्लिनुभएको छ । उहाँले सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलाई पछि पार्नुभएको हो । ठाकुरले ३०८ मत पाउनुभएको छ भने राप्रपाका उम्मेदवार कैला मंसुरीले ९ मत पाउनुभएको छ ।